विश्वकप लिग-२: ओमानविरुद्ध नेपालको निर्णायक भिडन्त, जित्नैपर्ने दबाब
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ।
ओमानस्थित अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा बिहान ११:१५ बजेदेखि सुरु हुने खेलमा शीर्ष ६ भित्र अटाउने सम्भावना जीवित राख्न नेपाललाई जित्नैपर्ने दबाब रहेको छ।
यसअघि शृङ्खलाका सुरुवाती खेलहरूमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल शनिबार भएको खेलमा क्यानडासँग स्तब्ध बनेपछि अङ्कतालिकाको सातौँ स्थानमा खस्किएको थियो।
लिग-२ को शीर्ष ६ भित्र पर्ने टोलीहरूको एकदिवसीय (ओडीआई) मान्यता जोगिने प्रबल सम्भावना रहने भएकाले नेपालका लागि आजको खेल र शीर्ष ६ को यात्रालाई निकै महत्त्वपूर्ण मानिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment