काठमाडौंमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमानमा चरा ठोक्कियो, अवस्था सामान्य

डिसी नेपाल
४ कार्तिक २०८३ ९:५६
344
Shares

काठमाडौं। टर्किस एयरलाइन्सको विमानमा काठमाडौँमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको छ।

इस्तानबुलबाट काठमाडौँ आएको उक्त विमान मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको हो।

विमानमा चरा ठोक्किए पनि कुनै किसिमको क्षति नभएको र अवस्था पूर्ण रूपमा सामान्य रहेको विमानस्थल स्रोतले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *