आमाको निधनपछि १३ दिनसम्म किरियामा बसिन् छोरी दीपिका

डिसी नेपाल
५ कार्तिक २०८३ १३:३०
120
Shares

चितवन। नेपाली समाजमा आमाबुबाको निधनपछि छोराले मात्रै किरिया कर्म गर्नुपर्छ भन्ने परम्परागत मान्यतालाई तोड्दै छोरीहरूले पनि धार्मिक तथा सांस्कृतिक जिम्मेवारी निर्वाह गरेका सकारात्मक उदाहरणहरू बढ्दै गएका छन्।

यसै क्रममा चितवन भरतपुरकी दीपिका न्यौपानेले आफ्नी दिवङ्गत आमाको सम्झनामा १३ दिनसम्म किरिया बसेर मातृभक्ति र पारिवारिक जिम्मेवारीको नयाँ उदाहरण प्रस्तुत गरेकी छन्।

भरतपुरका दीपक न्यौपानेकी धर्मपत्नी टीकामाया अधिकारी न्यौपानेको ५२ वर्षको उमेरमा गत असोज २४ गते असामयिक निधन भएको थियो। अमेरिकामा बसेर नर्सिङ पेसामा कार्यरत दीपिका आमाको निधनको खबर पाउनेबित्तिकै नेपाल फर्किएकी हुन्। आमाको वियोगमा मर्माहत बनेकी उनले १३ दिनसम्म किरियामा बसेर दिवङ्गत आमाप्रति गहिरो श्रद्धा, अगाध माया र कर्तव्य निर्वाह गरेकी हुन्।

स्वर्गीय टीकामायाको असामयिक निधनले श्रीमान् दीपक न्यौपाने, छोरी दीपिका, ज्वाइँ राज सुवेदी तथा छोराहरू कमल, बिमल, उत्तम र निर्मल न्यौपानेसहित सिङ्गो परिवार शोकमा डुबेको छ।

यस्तो कठिन घडीमा पनि अमेरिकाबाट धाएर आएकी छोरीले १३ दिनसम्म निष्ठापूर्वक किरिया कर्म पूरा गर्दा शोकाकुल परिवारलाई थप ढाडस मिलेको छ। छोरीले पनि छोरासरह नै आमाबुबाप्रतिको अन्तिम दायित्व बहन गर्न सक्छन् भन्ने यो अभ्यासले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *