उदयपुरमा जिप दुर्घटना, १५ जना घाइते
उदयपुर। उदयपुरको कटारी नगरपालिका –०४, मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।
उक्त दुर्घटनामा परी घाइते भएकाहरुको उपचार कटारी अस्पतालमा भइरहेकोमा जिल्ला उदयपुर कटारी न.पा. -०२ बस्ने अं. वर्ष ७१ को राम बहादुर मगरलाई भने थप उपचारको लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।
जिप चालक सामान्य घाइते भएकोले उपचार पश्चात नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment