ग्यास बिक्रीपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

डिसी नेपाल
९ कार्तिक २०८३ १९:२९
28
Shares

काठमाडौं। नेपाल आयल निगमले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्न ग्यास उद्योगीहरूलाई निर्देशन दिएको छ। निगमले ग्यास बिक्री वितरणमा बिल जारी नगरेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले यसअघि २०८१ वैशाख ३० र २०८१ कात्तिक १० गते पनि निर्णय कार्यान्वयनका सम्बन्धमा सम्बन्धित संघसंस्थालाई पत्राचार गरिएको स्मरण गराइएको छ।

पत्रमा निगमबाट नियुक्त केही विक्रेताले ग्यास बिक्री गरेपछि बिल बिजक जारी नगर्ने गरेको गुनासो आएको उल्लेख छ। त्यसैले विक्रेतालाई अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन निगमले आग्रह गरेको छ।

निगमका निर्देशक विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा ग्यास बिक्री वितरणलाई व्यवस्थित बनाउन तथा बिल जारी गर्ने व्यवस्थाको पालना सुनिश्चित गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *