काठमाडौं उपत्यकामा २४ घण्टामा ६५२ सवारी चालक कारबाहीमा, मापसे गर्ने ६० जना परे

डिसी नेपाल
१० कार्तिक २०८३ ७:०४
4
Shares

काठमाडौं।  ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ६५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

प्रहरीले सञ्चालन गरेको नियमित तथा विशेष चेकिङका क्रममा मंगलबार बिहानसम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ६० जना चालक पक्राउ परेका छन्। त्यसैगरी, सीसीटीभीमार्फत ३२ जना र रातोबत्ती उल्लंघन गर्ने ३२ जना चालक कारबाहीमा परेका छन्।

प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने ९७, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ७, लेन अनुशासन पालना नगर्ने (लेन क्रस) ११, सवारीसाधनको यान्त्रिक अवस्था ठिक नराखी चलाउने ७ र एकतर्फी (वनवे) सडक नियम उल्लंघन गर्ने ११ जना चालकलाई कारबाही गरिएको छ।

यस्तै, अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ३६५ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *