एनपीएल क्रिकेट : दोस्रो दिन कीर्तिपुरमा देखिएको रौनक (फोटो फिचर)
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो दिन कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अभूतपूर्व उत्साह र रौनक देखिएको छ। मैदानमा खेलाडीहरूको उत्कृष्ट प्रदर्शन, समर्थकहरूको बाक्लो उपस्थिति र खेलप्रतिको तीव्र आकर्षणका कारण सम्पूर्ण कीर्तिपुर क्रिकेटमय बनेको छ।
दोस्रो दिनको खेल हेर्न र आ-आफ्नो मनपर्ने टोलीलाई हौसला दिन बिहानैदेखि हजारौँ दर्शकहरू मैदान पुगेका थिए। खेलाडीहरूले चौका र छक्का प्रहार गर्दा दर्शकदीर्घाबाट हुटिङ र बाजागाजासहित उत्साहजनक समर्थन प्रस्तुत गरिएको थियो।
एनपीएलको दोस्रो दिन मैदानमा देखिएका केही रोमाञ्चक दृश्य, खेलाडीहरूको कलात्मक प्रदर्शन र दर्शकहरूको उत्साहलाई तस्बिरमा यसरी कैद गरिएको छ:
तस्बिर : नेपाल न्यूज बैंक









No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment