सर्वोच्च नेता मोजतबा खामेनेई पूर्ण रूपमा स्वस्थ छन् : इरानी सभामुख
काठमाडौँ । इरानी संसद्का सभामुख मोहम्मद बाकर कालिबाफले इरानका सर्वोच्च नेता मोजतबा खानेई “पूर्ण रूपमा स्वस्थ” रहेको बताएका छन्।
मङ्गलबार संसद्को बैठकलाई सम्बोधन गर्दै उनले भने, “मलाई अक्सर एउटा प्रश्न सोध्ने गरिन्छ, रहबर-ए-इन्कलाब (सर्वोच्च नेता) को स्वास्थ्यबारे। म संसद्का सदस्यहरूलाई जानकारी गराउन चाहन्छु कि जनाब मोजतबा खानेई पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ।”
पछिल्ला दिनहरूमा इरानी सञ्चारमाध्यमहरूले सभामुख कालिबाफले मोजतबा खानेईसँग भेटवार्ता गरेको समाचार सम्प्रेषण गरेका थिए।
आफ्ना पिता अयातोल्लाह अली खानेईको निधनपछि मोजतबा खानेई इरानका सर्वोच्च नेता बनेका थिए।
यद्यपि, सर्वोच्च नेता बनेयता उनको कुनै पनि भिडियो वा अडियो रेकर्डिङ सार्वजनिक भएको छैन। हालसम्म उनका नाममा जारी गरिएका लिखित सन्देशहरू मात्र बाहिर आएका छन्।
इरानी अधिकारीहरूका अनुसार सुरक्षाको कारणले गर्दा यसो गरिएको हो।
इरानका राष्ट्रपति मसुद पेजेश्कियनले पनि हालै नेतृत्व सम्हालेयता आफूले दुई पटक मोजतबा खानेईसँग भेट गरिसकेको बताएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment