चिनियाँ राष्ट्रपति सी चिनफिङ रात्रिभोजमा (फोटोफिचर)
चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा टोस्ट प्रस्ताव गर्दै
तस्वीर : प्रदीपराज वन्त
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विशिष्ट व्यक्तित्वहरु सरिक भएका छन्।

आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा आज साँझ यहाँ आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै राष्ट्रपति विद्यादेबी भण्डारीले पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताइन्।

भण्डारीले भनिन्, “पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ।”

उनले नेपाल र चीनबीचको सम्बन्ध हिमाल तथा नदीहरुद्वारा जोडिएको, दुई देशबीच शदियौँदेखि सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षु, फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएको स्मरण गरिन्।


No ads found for this position

डिसी नेपाल
Facebook Comment