रोशीमा पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काभ्रेपलाञ्चोक। रोशी गाउँपालिका-९ पिन्थली र गाउँपालिका-८ गिम्दीबेँसीमा पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले लगातारको वर्षा जारी रहेकाले तत्काल बाटो खुलाउन सहज नभएको जनाएका छन्।
उनले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment