पाकिस्तानद्वारा श्रीलङ्कालाई हराउँदै ओडीआई ट्राई-सिरिजको उपाधि कब्जा: भारतको २४ वर्ष पुरानो कीर्तिमानको बराबरी

डिसी नेपाल
१५ कार्तिक २०८३ ११:१२
28
Shares

काठमाडौं । पाकिस्तानले लाहोरको गद्दाफी स्टेडियममा भएको खेलमा श्रीलङ्कालाई तीन विकेटले पराजित गर्दै ओडीआई ट्राई-सिरिजको उपाधि जितेको छ। फखर जमानको शानदार शतकीय पारीको मद्दतले पाकिस्तानले ३२६ रनको लक्ष्य ४८.३ ओभरमा पूरा गर्यो।

यो कुनै पनि ओडीआई (एकदिवसीय) फाइनलमा सफलतापूर्वक पछ्याइएको सबैभन्दा ठूलो रनचेज हो। यससँगै पाकिस्तानले यस मामिलामा भारतको ऐतिहासिक कीर्तिमानको बराबरी गरेको छ।

सौरभ गाङ्गुलीको कप्तानीमा भारतीय टोलीले सन् २००२ को नेटवेस्ट सिरिजको फाइनलमा लर्ड्सको मैदानमा इङ्ल्यान्डविरुद्ध ३२६ रनको लक्ष्य पछ्याएको थियो। दुई दशकभन्दा बढी समयपछि पाकिस्तानले सोही आँकडालाई छोएको छ।

शनिबार आयोजना गरिएको यस रोमाञ्चक भिडन्तमा पाकिस्तानले ७ विकेटको क्षतिमा ३३१ रन बनाउँदै जित आफ्नो नाम गर्‍यो। पाकिस्तानको सुरुवात भने खराब रह्यो र बाबर आजम पाँच बल खेल्दै शून्यमै प्याभिलियन फर्किए।

त्यसपछि फखर जमान र साद बेगले तेस्रो विकेटका लागि १४९ रनको साझेदारी गर्दै टोलीलाई सङ्कटबाट बाहिर निकाले। साद बेगले ७४ रन बनाए भने फखरले ९९ बलमा १२७ रनको उत्कृष्ट पारी खेले। यो फखरको ओडीआई करियरको १२ औँ शतक हो।

फखर जमान आउट हुँदा पाकिस्तानको स्कोर २२०/४ थियो र खेल अझै पनि प्रतिस्पर्धात्मक अवस्थामा थियो। त्यसपछि अराफात मिन्हास (६१ रन) र हसन नवाज (अविजित ३७ रन) ले छैटौँ विकेटका लागि ९४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई लक्ष्यको नजिक पुर्‍याए। यसअघि श्रीलङ्काले कामिन्दु मेन्डिसको १३१ रन र पवन रत्ननायकेको ७७ रनको मद्दतले ८ विकेटको क्षतिमा ३२५ रन बनाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *