सिंहदरबारमा नेपाली कांग्रेस संसदीय दलको बैठक जारी, महाअभियोग लगायत समसामयिक विषयमा छलफल
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी रहेको छ।
सोमबार बिहान ८:३० बजेका लागि आह्वान गरिएको उक्त बैठकमा मुलुकको विद्यमान समसामयिक राजनीतिक परिस्थिति तथा संसदीय दलका विभिन्न गतिविधिको विषयमा गहन छलफल भइरहेको छ।
बैठकमा भएका निर्णयहरू केही बेरमा औपचारिक रूपमा सार्वजनिक गरिने जनाइएको छ।
विशेष गरी सर्वोच्च अदालतका केही न्यायाधीशहरूले बिचौलियाहरूसँग साँठगाँठ गरी न्याय प्रणालीलाई प्रभावित पारेको गम्भीर आरोप लागिरहेका बेला, उनीहरूविरुद्ध ल्याउन सकिने महाअभियोगको प्रस्तावबारे समेत कांग्रेस संसदीय दलको बैठकमा गहन बहस भइरहेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment