एनपीएलको सातौं अर्धशतक राशिदको नाममा
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजका राशिद खानले अर्धशतक हिर्काएका छन्।
उनले कर्णाली याक्सविरूद्ध ३२ बलमा २ छक्का र ३ चौकाको मद्दतमा पूरा गरेका हुन्। राशिद जारी एनपीएलमा अर्धशतक हिर्काउने सातौं खेलाडी समेत बनेका छन्।
यसअघि जनकपुर बोल्ट्सका तृतराज दास अर्धशतक हिर्काउने छैटौं खेलाडी बनेका थिए। तृतले पोखरा एभेन्जर्सविरूद्धको खेलमा ५१ बलमा ५० रन पूरा गरे।
जारी प्रतियोगितामा पाँचौ अर्धशतक हिर्काउने खेलाडीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी बनेका थिए।
उनले विराटनगर किङ्सकाविरूद्ध २७ बलमा अर्धशतक पूरा गरेका हुन्। यस्तै कर्णालीकैविरूद्ध विराटनगरका किङ्सका लोकेश बमले ३२ बलमा अर्धशतक हिर्काएका थिए। जारी एनपीएलमा लोकेश अर्धशतक हिर्काउने चौथो खेलाडी बने।
प्रतियोगिताको तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा छ। अलीले काठमाडौं गोर्खाजकाविरूद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए।
यसअघि एनपीएलको दोस्रो अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा छ। ऐरीले पोखरा एभेन्जर्सकाविरूद्ध ३६ बलमै अर्धशतक पूरा गरेका थिए। जारी एनपीएलको पहिलो अर्धशतक भने चितवन राइनोजका डेभिड मलानको नाममा छ। मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment