डोनाल्ड ट्रम्पको घोषणा: यस वर्षपछि इजरायललाई दिइने आर्थिक सहायता बन्द गरिने

डिसी नेपाल
१८ कार्तिक २०८३ १३:४९

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनकाबीच यस वर्षपछि अमेरिकाले इजरायललाई प्रत्येक वर्ष प्रदान गर्दै आएको आर्थिक सहायता बन्द गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्षिक ४ अर्ब डलरको सहायता रोक्ने विषयमा सहमति बनेको छ।

यद्यपि, ट्रम्पले अमेरिकाले इजरायललाई हतियार बिक्री गर्न भने जारी राख्ने र आवश्यकता परेको खण्डमा सहयोग पनि गर्ने कुरा स्पष्ट पारेका छन्। यो निर्णयले दुई देशबीचको दशकौँ पुरानो सैन्य सम्बन्धमा परिवर्तन आउने सङ्केत गरेको छ।

ट्रम्पले मध्यावधि निर्वाचनको माहोलबिच यो ठूलो घोषणा गरेका हुन्। उनले अब इजरायललाई वित्तीय सहायताको आवश्यकता नरहेको स्पष्ट पारेका छन्। ट्रम्पले यो निर्णयले इजरायललाई अमेरिकी सहयोग उपलब्ध गराएको भन्दै रिपब्लिकन पार्टीको आलोचना गर्ने वामपन्थी डेमोक्र्याट्सहरूको तर्कलाई कमजोर पार्न सक्ने सङ्केत पनि गरेका छन्।

फक्स न्युजको कार्यक्रम ‘फक्स एण्ड फ्रेन्ड्स’ मा कुरा गर्दै ट्रम्पले यस वर्षको अन्त्यसम्ममा अमेरिकाले इजरायललाई आर्थिक सहायता दिन बन्द गर्ने बताए। यद्यपि, इजरायललाई परेको खण्डमा अमेरिकाले सहयोग गर्नेछ।

डिसेम्बरसम्म यो फन्डिङ कसरी बन्द गरिनेछ भन्ने विषयमा भने ट्रम्पले खुलाएनन्। वास्तवमा, अमेरिका र इजरायलबीचको हालको सम्झौता सेप्टेम्बर २०२८ सम्म लागू छ। यस अन्तर्गत अमेरिकाले प्रत्येक वर्ष इजरायललाई ३.८ अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउँदै आएको छ।

अमेरिकामा इजरायलप्रतिको आलोचना बढेको समयमा यो घोषणा बाहिर आएको छ। डेमोक्र्याट्सहरूले गाजामा इजरायलले सञ्चालन गरेका सैन्य कारबाहीहरूलाई लिएर लगातार आलोचना गर्दै आएका छन्।

सर्वेक्षणहरूले अमेरिकामा इजरायललाई समर्थन गर्ने अमेरिकी नागरिकहरूको सङ्ख्या घट्दै गएको देखाएका छन्। धेरैजसो मानिसहरूको बुझाइमा अमेरिकाले मध्यपूर्वमा इजरायललाई आवश्यकताभन्दा बढी सहयोग गरिरहेको छ।

गत जुनमा क्विनिपियाक विश्वविद्यालयद्वारा गरिएको एक सर्वेक्षणमा ४८ प्रतिशत अमेरिकी मतदाता र ६६ प्रतिशत डेमोक्र्याट्सहरूले अमेरिकाले इजरायललाई आवश्यकताभन्दा बढी समर्थन गरिरहेको धारणा राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *