रास्वपा सभापति रवि लामिछाने र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको स्मरण गर्दै आगामी दिनमा दुई देशबीच हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना व्यक्त गरे। साथै, उनले नेपालले विकास तथा आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर जोड दिइरहेको स्पष्ट पारे।
सो अवसरमा सभापति लामिछाने र भारतीय विदेश सचिव मिस्रीबीच नेपाल र भारतबीचको परापूर्वकालदेखिको बहुआयामिक सम्बन्धका विविध पक्षमा खुल्ला छलफल भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment