आजको राशिफल: मेषदेखि मीनसम्मको भाग्यफल
यहाँ १२ वटै राशीहरूको आजको दिन कस्तो रहनेछ भन्ने संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:
-
मेष: दिन समग्रमा राम्रो रहेको छ। लगानीबाट फाइदा हुनेछ भने परिवारका सदस्यभन्दा बाहिरी व्यक्तिबाट सम्मान मिल्नेछ। शिक्षा क्षेत्रमा सुधारका संकेत देखिए तापनि शत्रु पक्षबाट सतर्क हुनुपर्ने दिन छ।
-
वृष: दिन सामान्य छ। सञ्चित धन खर्च हुन सक्छ र स्वास्थ्यमा लापरवाही गर्दा समस्या आउन सक्छ। शिक्षा र राजनीतिमा गरिएको प्रयास सफल बन्नेछ भने गोपनीयता सुरक्षित राख्नु र विवादबाट टाढै रहनु बुद्धिमानी हुनेछ।
-
मिथुन: आजको दिन शुभ छ। आम्दानी बढ्नुका साथै साथीभाइको साथ र परिवारको सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आए पनि शिक्षा क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिएको छ।
-
कर्कट: दिन निकै अनुकूल छ। कृषिव्यवसाय र विभिन्न क्षेत्रबाट आम्दानी बढ्नेछ। प्रेम सम्बन्ध सुदृढ हुनुका साथै पारिवारिक मेलमिलापले मनमा प्रसन्नता छाइरहनेछ।
-
सिंह: दिन राम्रो छ। ‘धनलक्ष्मी योग’ परेकाले गुम्न लागेको धन फिर्ता आउने सम्भावना छ। स्वास्थ्यमा सुधार भए पनि शिक्षामा विशेष मिहिनेतको खाँचो छ भने राजनीतिमा विपक्षीहरूको घेराबन्दीबाट जोगिनुहोला।
-
कन्या: दिन उत्साहजनक छ। आम्दानी बढ्दा मन प्रफुल्लित हुनेछ भने आफन्तको साथ र श्रमको उचित मूल्याङ्कन हुनेछ। शिक्षामा प्रगति हुनुका साथै संकट टर्ने योग रहेको छ।
-
तुला: शुभग्रहको अनुकूल प्रभावले सोचेका कामहरू बन्नेछन्। राजनीतिक प्रयास र शैक्षिक क्षेत्रमा प्रगति हुनेछ, तर अनावश्यक खर्च बढ्न सक्नेतर्फ सचेत रहनुहोला।
-
वृश्चिक: व्यापार व्यवसायमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार, शिक्षामा महत्त्वपूर्ण अवसर र परिवारमा मेलमिलापको वातावरण बन्नेछ। साथै, गरिएको श्रमको पूरा मूल्य प्राप्त हुनेछ।
-
धनु: दिन रमाइलो रहनेछ। पुराना साथीहरूसँगको भेटघाटले मन प्रशन्न हुनेछ र मानसम्मान प्राप्त हुनेछ। गुरुहरूको सहयोगका लागि नम्र बन्नुपर्नेछ भने परिवारसँग सुखद् यात्राको योग छ।
-
मकर: दिन सकारात्मक छ। धार्मिक कार्यमा सहभागिता जनाउने अवसर मिल्नेछ। प्रतिस्पर्धी वा विपक्षी साथीहरूसँग सहकार्य हुनुका साथै व्यापारमा लगानी बढाउन अनुकूल समय छ।
-
कुम्भ: यात्राका क्रममा विशेष सावधानी अपनाउनु पर्नेछ। नयाँ साथीसँगको भेटले दीर्घकालीन योजना बन्नेछन्। दाम्पत्य जीवन, प्रेम सम्बन्ध र शिक्षामा गरिएको लगानीबाट राम्रो सफलता मिल्नेछ।
-
मीन: आम्दानी बढ्ने योग छ। सानोतिनो कुराले पनि मनमा खुसी छाउनेछ। शिक्षा र रोजगारीका क्षेत्रमा ग्रह बलवान रहेकाले नयाँ रोजगारीका आकर्षक प्रस्तावहरू आउन सक्नेछन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment