राहदानीसहित तीन विधेयक प्रमाणीकरण

डिसी नेपाल
२७ असोज २०७६ १८:०५

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित तीन विधेयक सोमबार प्रमाणीकरण गरेकी छन्।

राष्ट्रपति भण्डारीले राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको तथा वनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेकी हुन्।

संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको सेफगाड्र्स, एन्टी (डम्पिङ तथा काउण्टरभेलिङ) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिले ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *