कृष्णबहादुर महरालाई ३ दिन थुनामा राख्न अनुमति

डिसी नेपाल
२८ असोज २०७६ १६:५७

काठमाडौं। यौन दूव्र्यवहार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले ३ दिन थुनामा राख्न मंगलबार अनुमति दिएको छ । यही असोज १८ गते पक्राउ परेकाा महरालाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो । प्रहरीले ३ दिन थुनामा राख्न अदालतसँग अनुमति मागेअनुसार जिल्ला अदालतले सो अनुमति दिएको हो।

सभामुख महरामाथि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफ्नो कोठमा आएर यौन दूव्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्। यो घटनापछि सभामुखबाट राजीनामा दिएका महरालाई १८ गते वालुवाटारबाटै प्रहरीले पक्राउ गरेको थियो। प्रहरी हिरासतमै रहेका बेला यही असोज २३ गते स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा उपचार गराइएको छ।

महराको तर्फबाट पूर्वमहान्यायधीवक्ता रमण श्रेष्ठलगायतका कानुन व्यवसायीले बहस गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *