पारस खड्कालाई राजीनामा फिर्ता लिन क्यान अध्यक्ष चन्दको आग्रह, नयाँ ‘ट्वीस्ट’को सम्भावना
फ
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले कप्तानबाट राजीनामा दिएका पारस खड्कालाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन्। बुधबार शुरु भएको वुमेन च्याम्पियन्स लिगको उद्घाटमा सम्बोधन गर्दै चन्दले पारसलाई राजीनामा फिर्ता लिन आग्रह गरेका हुन्।
मंगलबार पारसले अप्रत्यासित रुपमा कप्तान पदबाट राजीनामाको घोषणा गरेका थिए।
अध्यक्ष चन्दले कप्तान पारसको राजीनामाले क्यान पदाधिकारी आश्चार्यमा परेको टिप्पणीसमेत गरे। उनले कप्तानको राजीनामा व्यक्तिगत रुपमा आएको भन्दै त्यसको औपचारिक जानकारीसमेत नआएको बताए।
क्यान अध्यक्षले नै राजीनामा फिर्ता लिन आग्रह गरेपछि यो प्रकरणमा नयाँ ट्वीस्ट आउने सम्भावना देखिएको छ। यद्यपी पारसले मंगलबार राजीनामा घोषणा गर्दैगर्दा राजीनामा फिर्ताको सम्भावना नरहेको बताएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment