निदान अस्पतालका प्रमुखसहित ५ जना मिर्गौला प्रकरणमा पक्राउ
काठमाडौं । ललितपुरस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जना मिर्गौला प्रकरणमा पक्राउ परेका छन्। एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो।
सो अस्पतालले एक व्यक्तिको नामम अर्कैको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा व्यूरोले अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment