दिपायलमा आयोजना हुँदै ‘डोटी प्रिमियर लिग क्रिकेट प्रतियोगिता’

डिसी नेपाल
३० असोज २०७६ १८:४३
4
Shares

दिपायल । दिपायलमा ‘डोटी प्रिमियर लिग खुल्ला क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ।

बिहिबार दिपायलमा पत्रकार सम्मेलनको गरी आयोजक नयाँ समाज नेपालले दुई लाख ११ हजार एक सय ११ राशी पुरुस्कारको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको जनाएको हो।

आयोजक संस्थाका अध्यक्ष रोशन कठायतका अनुसार कार्तिक ४ गतेबाट प्रतियोगिता आयोजना हुन लागेको हो।

उनले भने, ‘त्यसको निरन्तरता पनि रहोस् र क्रिकेट क्षेत्रमा बिशिष्ठ प्रतियोगिताको पनि शुरुवात गरौ भनेर यो प्रतियोगिता आयोजना गर्न लागेका हौ।’

प्रतियोगितामा देशभरीकै टीमहरु सहभागि हुनसक्ने आयोजकले जनाएको छ। जसमा कम्तिमा १२ वटा टिमहरु आउनसक्ने आयोजकको अपेक्षा छ।

‘हाम्रा अपेक्षा देशका विभिन्न ठाउँका टिमहरु आईदिउन र बिगतबर्षहरुमा जस्तै राष्ट्रिय टिममा रहेर खेलिरहेका खेलाडीहरु दिपायलको मैदानमा उत्रिउन् भन्ने हो,’ अध्यक्ष कठायतले भने।

प्रतियोगिता दिपायलस्थित खप्तड रंगशालामा आयोजना हुनेछ। प्रतियोगिताका खेलहरु टी–ट्वान्टी फर्मेटमा हुने आयोजकले जनाएको छ।
शुरुवाती खेलहरु लिगमा हुने र क्वार्टरफाईनपछि नकआउट चरणमा खेल हुने जनाईएको छ।

प्रतियोगितामा ‘प्लेयर अफ द सिरिज’, ‘वेष्ट बलर’ र ‘वेष्ट व्याट्सम्यान’लाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ।

यस्तै क्वार्टर फाईनलपछिका खेलहरुमा ‘म्यान अफ द म्याच’को पनि व्यवस्था रहेको जनाईएको छ। प्रतियोगितालाई डोटीका स्थानीय तहहरुले प्रायोजन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *