चलचित्र मखमली मखमलीको ‘फूल भैं फूलेको मेरो जिन्दगी’ गीत सार्वजनिक (भिडियो)
काठमाडौं । मंसिर १३ गतेबाट देशभर प्रदर्शनमा आउने लागेको नेपाली कथानक चलचित्र ‘मखमली मखमली’को ‘फूल भैं फूलेको मेरो जिन्दगी’ गीत सार्वजनिक गरिएको छ।
गीतकार सावित्रा चिलवालको शब्द तथा संगीत रहेको गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ।
मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन्। फिल्ममा जयकिशन र शुभेच्छासँगै सारदा गिरी (कालीबुढी), परी तामाङ, मायाँ तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोलसहितको अभिनय छ।
बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको फिल्म राजु गिरीले निर्देशन गरेका हुन्।
(भिडियो हेर्नुहोस्)
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment