देवकोटा जयन्ती : साहित्यकार र पत्रकार सम्मानित
काठमाडौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा विश्व सञ्चार नेपालले आइतबार नेपाली साहित्य र पत्रकारिताका चार व्यक्तित्वलाई सम्मान गरेको छ ।
संस्थाले समकालीन नेपाली छन्द कविताका त्रिनेत्र सम्मानबाट स्रष्टात्रय डा रामप्रसाद ज्ञवाली, डा देवी नेपाल र प्रभा भट्टराई तथा शिक्षा पत्रकारिता सम्मानबाट राससका प्रकाश सिलवाललाई सम्मान गरेको हो ।
कपन साहित्य समाजमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव प्रा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ ले सम्मान प्रदान गर्दै उनीहरुले आफ्ना क्षेत्रमा दिएको योगदानको प्रशंसा गरे। उनले भाषा, साहित्यको उन्नयनमा चुनौती पैदा भएको स्थितिमा देवकोटाका कृतिहरु नयाँ पुस्ताले अध्ययन गर्नुपर्ने बताए।
ज्ञान ध्यान केन्द्र नेपालको सहयोगमा सञ्चालित ज्ञान ध्यान छात्रवृत्तिबाट कविता प्रतियोगितामा विजेता हुनेहरु रेजिना शर्मा, डोमा तामाङ र स्वीकृति पौडेललाई क्रमशः रु ५० हजार, ३० हजार र २० हजार राशिको छात्रवृत्ति प्रदान गरियो ।
सो सञ्चार प्रालिले आइतबारदेखि शैक्षिक आँखा डटकम डिजिटल पत्रिकाको समेत शुभारम्भ गरेको छ । संस्थाका प्रबन्ध निर्देशक अन्तरिक्ष अधिकारीले शैक्षिक विकृति र विसङ्गतिलाई चिरफार गरी शैक्षिक अवस्था सुधार्न अनलाइन सञ्चालन गरिएको जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment