प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, डिस्चार्जबारे भने अन्यौल

डिसी नेपाल
१३ कार्तिक २०७६ १९:०४

काठमाडौं। उपचारका लागि राजधानीको ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

अस्पतालले बुधबार साँझ जारी गरेको मिडिया ब्रिफिङमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था रहेको जनाइएको छ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्या सिंह र ग्राण्डी इन्टरनेशनल अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जारी गरेको ब्रिफिङमा स्वास्थ्य अवस्था सामान्य भनिए पनि डिस्चार्जबारे भने स्पष्ट जानकारी दिइएको छैन। बुधबार राती वा बिहीबार डिस्चार्ज गरिने सम्भावना रहेको ब्रिफिङमा उल्लेख छ।

तर, प्रधानमन्त्री ओलीलाई देखिएको स्वास्थ्य समस्याबारे भने ब्रिफिङ मौन रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *