नेवा खल हाम्बर्ग जर्मनीको आयोजनामा “नेपाल सम्बत ११४० भिन्तुना” तथा “मह-पूजा हुने
जर्मनी। नेवा खल हाम्बर्ग जर्मनीको आयोजनामा आउदो ०९-नोवेम्बेर-२०१९ मा पहिलो पटक जर्मनीको हाम्बर्ग महानगर क्षेत्रमा नेवाहरुका महान पर्व मह-पुजा तथा नेपाल सम्बत ११४० भिन्तुना नेपालका लोकप्रिय गायक दिपक बज्राचार्य, चेरिसा बज्राचार्य, र स्थानिय कलाकारहरुका साथमा भव्यरुपमा हुने भएकोछ।
उक्त कार्यक्रमलाई सफल बनाउनका लागि तिब्र तयारी भै रहेको संस्थापक चिरन श्रेष्ठले बताए। आयोजकले एक सुचना जारी गरी हाम्बर्गवासी तथा जर्मनस्थित नेपालीहरुका सम्पूर्ण संघसंस्था समुदाय लगायत नेपाल र नेपाली संस्कार संस्कृतिलाई मायाँ गर्ने नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कार्यक्रममा सहभागी भई भब्य र सभ्य रुपमा सफल पार्नको लागि हार्दिक अनुरोध सहित निमन्त्रणा गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment