महागुरु फाल्गुनन्दको १३५औं जन्म जयन्ती मलेसियामा विशेष कार्यक्रम गरेर मनाइयो

डिसी नेपाल
२५ कार्तिक २०७६ १७:३५

मलेसिया । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३५औं जन्म जयन्ती मलेसियामा विशेष कार्यक्रम गरि मनाइएको छ । सोमबार परदेशी रेस्टुरेन्टको हलमा  किराँत धर्म तथा साहित्य उत्थान संघ मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको संयुक्त आयोजनामा विशेष कार्यक्रम गरि मनाइएको हो ।

किरात धर्म तथा साहित्य उत्थान संघ मलेसियाका केन्द्रीय उपाध्यक्ष पूर्ण तुम्बापोको सभापतित्वमा सम्पन्न उक्त समारोहको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका केन्द्रीय अध्यक्ष बिपिन राई थिए।

त्यस्तै बिशिस्टमा अतिथि किरात याक्थुम चुम्लुङ मलेसियाका केन्द्रीय अध्यक्ष दिल केरुङ लिम्बू , अतिथिहरूमा नेपाल तामाङ घेदुङ मलेसियाका केन्द्रीय कोषाध्यक्ष बिक्रम वाईबा तामाङ, तामाङ कलाकार संघ मलेसियाका केन्द्रीय अध्यक्ष फुत्बा दोर्जे तामाङ, किरात सेवा सावाका प्रतिनिधि हर्क लिम्बू, च्याब्रुङ कलाकार संघ मलेसियाका प्रतिनिधि तेजमान लिम्बू र व्यवसायी अधिक तामाङ रहेका थिए।

शुभकामना मन्तव्यको क्रममा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द वि.सं. १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका र उनले छोरीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, सद्भाव र भ्रातृत्व कायम गर्ने, आत्मनिर्भर बनाउने जस्ता समाज सुधार गरेको हुनाले उनका जन्मजयन्ति एउटा महान दिन भएको विशिष्ट अतिथि दिल केरुङले बताए।

महागुरु फाल्गुनन्दले समग्र नेपाली समाजको सुधारमा महत्वपूर्ण योगदान गरेकोले महागुरु फाल्गुनन्द जन्म जयन्ती सबै नेपालीले भव्यरूपमा मनाउनु पर्ने प्रमुख अतिथि बिपिन राईको भनाई थियो ।समारोहमा अतिथिहरू बिक्रम वाइबा तामाङ, फुर्वा दोर्जे तामाङ, हर्क लिम्बूले मन्तव्य राखेका थिए ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *