बेलायतमा बस्ने नेपालीले मनाए छठ

डिसी नेपाल
२६ कार्तिक २०७६ ११:०९

लन्डन । बेलायतमा बस्ने नेपालीहरुले पनि छठ पर्व मनाएका छन् । गत आइतबार साउथ ह्यारोस्थित गोल्डेनसिप रेस्टुरेन्टमा नेप्लिज मधेशी इन द यूकेले छठ विशेष कार्यक्रम आयोजना गरेको हो।

एसोसिएसनका अध्यक्ष भाग्यनारायण रायको सभापत्तिव तथा बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथयतामा कार्यक्रम सम्पन्न भएको थियो।

त्यस्तै दूततावासका काउन्सिलर प्रवेश केसी, एनआरएनए सल्लाहकार कूल आचार्य, आईसीसी सदस्य सुशीला राई, हिलिङडन गोर्खा कम्युनिटीका अध्यक्ष छत्रसिंह लिम्बू, एनआरएनए बेलायतका पूर्वउपाध्यक्ष शेर सुनारलगायतको कार्यक्रममा सहभागिता थियो।

कार्यक्रमलाई मन्तव्य राख्दै प्रमुख अतिथि राजदूत सुवेदीले छठ पर्व मधेशी मात्र नभई सम्पूर्ण नेपालीको साझा पर्व भएको बताए। छठको शुभकामना दिंदै उनले  प्रवासमा नेपालको कला, संस्कृतीको जर्गेणा गर्न सबै एकजुट हुनुपर्नै बताए।

कार्यक्रममा सांगीतीक प्रस्तुती र बालबालिकाका लागि सञ्चालन गरिएको खेलले थप रौनकता थपेको थियो।

कार्यक्रममा मञ्जु, साह, गुडिया यादव, अर्चना साह र रस्मी साहले सांगीतीक प्रस्तुती दिएका थिए ,भने बाल खेलको संयोजन पुष्कर पटेल गरेका थिए। छठमा प्रसादका लागि विभिन्न प्रकारका सामग्री पनि प्रसादका रूपमा राखिएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *