सार्वजानिक स्थलमा खसी काटेपछि कोरियामा एक नेपालीलाई १० लाख वन जरिवाना
सांकेतीक तस्वीर-
सौल । सार्वजानिक स्थलमा खसी काटेको अभियोगमा कोरियामा एक नेपाली युवालाई १० लाख कोरियन वन (नेपाली करिव १ लाख) जरिवानाको फैसाला सुनाइएको छ ।
थापा थर भएका एक नेपाली युवालाई सुवन जिल्ला अदालतले यस्तो फैसाला गरेको हो। उनको नाम र ठेगाना खुलाइएको छैन्।
अदालतले दिएको समयावधीमा उक्त जरिवाना भुक्तानी नगरे अभियुक्त थापा जेल चलान हुनेछन्।
गएको सेप्टेम्बर १२ तारिख दिर्न ख्यङगिदो प्रान्त,योङईन सिटिको किहुङगुस्थित एक सार्वजनिक स्थलमा जिउँदो खसीलाई धारिलो हतियारले काट्दै गरेको अवस्थामा उनलाई स्थानीय प्रहरीले पक्राउ गरेको बताइएको छ।
कोरियामा वधशाला बाहेक अन्य स्थानमा पशुपंक्षीको काटमार गर्नु कानुनी अपराध ठहरिन्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment