अष्ट्रेलियामा दुई नेपाली पक्राउ

डिसी नेपाल
१ मंसिर २०७६ १३:०२

सिड्नी। दुई हप्ताको अन्तरालमा अष्ट्रेलियामा दुई नेपाली पक्राउ परेका छन्। इन्डोनेसियाको बालीबाट सिड्नी फर्कने क्रममा उनीहरूलाई अध्यागमन विभागले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा एक युवा र एक युवती  छन्। उनीहरूको परिचय भने खुलाइएको छैन्।अनुसन्धानको क्रममा रहेकोले परिचय गोप्य राखिएको प्रहरीले बताएको छ।

एक वर्षको मल्टिपल भिसा पाएका उनीहरू ३ महिनाको पहिलो बसाइँ सकिएपछि भिसा थप्न बाली पुगेर फर्केका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *