तीन मेडिकल कलेजमा सम्पत्ति सुद्धीकरणको छापा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा छापा मारको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनमा मेडिकल कलेज सञ्चालको आर्थिक स्रोत नखुलेको उल्लेख गरिएपछि विभागले छापा मारेको हो।
विभागले आइतबार नेशनल मेडिकल कलेज वीरगञ्ज, चितवन मेडिकल कलेज, चितवन र नोबल मेडिकल कलेज विराटनगरमा छापा मारेको हो।
‘आइतबार विभिन्न मेडिकल कलेजमा छापा मारिएको छ, केही कागजातहरु नियन्त्रणमा लिइएको छ।’, विभाग स्रोतले भन्यो, ‘अब अनुसन्धानपछि सबैकुरा बाहिर आउँछ।’ तर ति मेडिकल कलेजको छापामा विभागले कस्ता कागजात नियन्त्रणमा लिएको हो भन्नेबारे भने स्रोतले खुलाउन चाहेन।
मेडिकल कलेजले सरकारले तोकेभन्दा धेरै शुल्क लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका बेला विभागले पनि छापा मारेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment