अर्जुन र शान्तिश्रीको आवाजमा ‘गाजले’ सार्वजनिक [भिडियो]

डिसी नेपाल
३ मंसिर २०७६ १२:३०
16
Shares

काठमाडौं। लोक पप गायक अर्जुन कौशलले नयाँ गीत सार्वजनक गरेका छन्। अर्जुन र शान्ति श्री परियारको स्वरमा ‘गाजले’बोलको गीत सार्वजनिक गरिएको हो।

गीत नेपालको पश्चिम क्षेत्रमा गाइँदै आएको मौलिक झ्याउरे लयमा आधारित रहेको अर्जुन बताउँछन्।

गीतको शब्द गायक अर्जुन र पवन परियारले कोरेका हुन्। त्यस्तै गीतमा संगीत अर्जुन स्वयंमको छ। शिव वि.क.को निर्देशन रहेको भिडियोमा धिरेन शाक्य र नन्दा बस्याल फिचर्ड छन्।

आरोन आशोकुमारको छायांकन रहेको भिडियो सम्पादनको जिम्मेवारी पदम सुवेदीले निर्वाह गरेका हुन्।

भिडियो अर्जुन कौशलको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *