आसामको कुख्यात वेश्यालयबाट ७ जना नेपाली किशोरीको उद्धार
Photo-NORTH EAST Now
काठमाडौँ ।लेन १४ नामबाट परिचित आसामको सिल्चारस्थित एक कुख्यात वेश्यालयबाट ७ जना नेपाली किशोरीको उद्धार गरिएको छ ।
सोही वेश्यालयबाट गत जुलाई १४ तारिखमा उद्दार गरिएकी नेपाली किशोरीको मद्दतले थप ७ युवती उद्दार गर्न सकिएको नर्थइस्ट नाउले जनाएको छ।
उद्दार गरिएका ७ जनामध्ये ४ जना नाबालिका रहेका छन् भने अन्य तीनजना २० वर्ष मुनिका रहेको शक्ति समूहका कानूनी तथा प्रशिक्षण सल्लाहकार दिपिल कोइरालाले नर्थइस्ट नाउलाई जानकारी दिएका छन्।
जुलाई १४ तारिखमा उद्धार गरिएकी युवतीको सहयोगमा सोही वेश्यालयमा छटपटाइरहेका थप ७ किशोरीको पनि उद्धार गर्न सम्भव भएको कोइरालाले बताएका छन्।
त्यस्तै उनीहरूलाई वेश्यावृत्तिमा धकेल्ने नेपाली महिला लक्ष्मी तामाङलाई पनि पक्राउ गरिएको छ । तामाङले उनीहरु सबैलाई राम्रो काम तथा राम्रो श्रीमान मिलाइदिने प्रलोभनमा उत्तर प्रदेशको आग्राबाट यो वेश्यालयमा पुर्याएकी थिइन्।
कोइरालाकाअनुसार यस बोरमा दिल्लीमा रहेको नेपाली राजदूतावासमा जानकारी दिइसकेको र मंगलबार सिल्चार अदालतमा एकपटक पेश गराएपछि उनीहरूलाई नेपाल फर्काइनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment