इजिप्टको अल-अज्हर विश्वविद्यालयमा अध्ययनरत २ नेपाली विद्यार्थी पुरस्कृत
काएरो, इजिप्ट । इजिप्टको काएरो मिश्रमा अवस्थित अल अज्हर विश्वविद्यालयमा अध्ययनरत दुई जना नेपाली विद्यार्थी पुरस्कृत भएका छन् ।
विश्वकै पूरानो (लगभग ११ सय वर्ष पूरानो) ईस्लामिक विश्वविद्यालय अल–अज्हर विश्वविद्यालयमा गत शैक्षिक वर्ष २०१७-१८ को माध्यमिक तहको वार्षिक परिक्षामा ३५ हजार विद्यार्थी मध्ये उत्कृष्ठ ठहरिँदै २ जना नेपाली पुरस्कृत भएका हुन् ।
जसमा ८२ प्रतिशत अंक प्राप्त गर्दै बाराका आलम अन्सारी र ८० प्रतिशत अंक प्राप्त गर्दै गोरखाका अलि मिया क्रमश नवौँ र दशैाँ स्थान ल्याउन सफल भएका हुन् ।

उनीहरु नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त गरी सन् २०१५ मा ईस्लामी शिक्षा र अरबिक भाषाशास्त्र अध्ययन गर्न काएरो, मिश्र आएका थिए ।
उक्त विश्वविद्यालयमा स्वदेशी तथा विदेशी गरी करिब १९ लाख भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्।
यस विशाल विश्वविद्यालयमा यसरी उत्कृष्ट अंक प्राप्त गरे बापत उनीहरुलाई एक कार्यक्रमको आयोजना गरि अल अज्हर विश्वविद्यालयका प्रोफेसरहरुको उपस्थितिमा सम्मान स्वरुप प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment