दुर्घटनामा एक जनाको मृत्यु
ललितपुर । ललितपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिबार ललितपुर महानगरपालिका–११ युएनपार्कस्थित सडकमा बा९१प १३०१ र बा७७प ६७९३ नंको मोटरसाइकल एकापसमा ठोकिदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा बा७७प ६७९३ नंको मोटरसाइकल चालक काठमाडौँको चाबहिलका २२ वर्षीय सत्यम भट्टराईको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बा९१प १३०१ नंको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । रासस
प्रतिक्रिया
Facebook Comment