प्रधानमन्त्री स्वास्थ्य परीक्षणपछि बालुवाटार फिर्ता

डिसी नेपाल
८ मंसिर २०७६ २२:४७

काठमाडौं। स्वास्थ्य परीक्षणका लागि आइतबार दिउँसो ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि बालुवाटार फर्किएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओली बालुवाटार फर्किएको बताए। ओली करिब ५ घण्टा ग्राण्डी बसेर बालुवाटार फर्किएका हुन्। तर, अस्पताल प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे कुनै नोट जारी नगरेकाले आइतबार डायलसिस गरिएको नगरिएको बारे भने केही खुलाइएको छैन। प्रेस सल्लाहाकार थापाले पनि यो विषयमा केही जानकारी दिएका छैनन्।

प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछि तीन पटक डायलसिस गरिसकिएको छ। मिर्गौला प्रत्यारोपण गर्ने वा नियमित डायलसिस गर्ने भन्नेबारे प्रधानमन्त्री ओलीले कुनै निर्णय गरिसकेका छैनन्। तर, उनी मिर्गौला प्रत्यारोपणको पक्षमा रहेको बताइन्छ। १३ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसपछि उनी लगातार औशधी सेवन गरिरहेका छन्।

हालै प्रधानमन्त्री ओली दुई पटक सिंगापुरमा उपचार गर्न पुगिसकेका छन्। भदौ ५ गते दोस्रो पटक सिंगापुर उडेका उनी दुई हप्ता सिंगापुरको यूनिभर्सल अस्पतालमा उपचार गराएर फर्किएका थिए। त्यसयता प्रधानमन्त्री ओली लगातार अस्पताल गइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *