कुवेतमा सुतिरहेकै अवस्थामा अस्ताए एक नेपाली युवा

डिसी नेपाल
९ मंसिर २०७६ १७:०४
4
Shares

कुवेत ।  वैदेशिक रोजगारीको लागि कुवेत आएका एक नेपाली युवाको ज्यान गएको छ ।

करिब २ वर्ष अगाडि यहाँ आएका मेघाङ गाउँपालिका–६ नुवाकोटका २५ वर्षीय प्रजय तामाङको शनिबार राति सुतिरहेकै अवस्थामा मृत्यु भएको हो ।

सुरुमा अल्घानिम इन्टरनेश्नल जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनीमा सामान्य कामदारका रुपमा आएका प्रजय पछिल्लो समय भने कम्पनिबाट भागेर अवैध बस्दै आएका थिए।

सँगै बस्दै आएका साथीले बताएअनुसार शनिबार राती माबुल्लाको ब्लक २ स्थित आफ्नै कोठामा  उनले अत्याधिक मादक पदार्थ सेवन गरेर सुतेका थिए । आइतबार बिहान करिव ४ बजे बिउँझेर हेर्दा  प्रजय घोप्टो परेर रगत वान्ता गरिराखेको अवस्थामा मृत भेटिएका थिए।  यधपी  उनको मृत्युको आधिकारिक कारण भने अहिलेसम्म खुलेको छैन् ।

उनको शव पोस्टमार्टमका लागि कुवेत प्रहरीले फर्वानिया हस्पिटलमा पठाएको छ । घटनाबारे कुवेतस्थित नेपाली दूतावासले जानकारी पाएको तर पोस्टमार्टमको रिपोर्ट अझैसम्म सम्बन्धित निकायबाट प्राप्त भइनसकेको जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *