बेलायतमा नेपालीद्धारा सुपरमार्केट सञ्चालन

डिसी नेपाल
१० मंसिर २०७६ १६:४३

लण्डन । बेलायतको अल्डरसटमा गैरआवासीय नेपालीको संयुक्त लगानीमा सुपर मार्केट सञ्चालनमा आएको छ । गत आइतबारदेखि अल्डरसट टाउन सेन्टरमा ‘चाईना ओरियन्टल सुपर मार्केट’ले आफ्नो सेवा आरम्भ गरेको  हो।

सुपरमार्केटमा गैरआवासीय नेपाली कमल गुरुङ, एनआरएनए युकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङ, राजु घले,अनिल प्रधान, राजेन्द्र श्रेष्ठ लगायको लगानी रहेको छ।

सुपर मार्केटको स्थानीय रसमोर बरो काउन्सिलका मेयर सु९कार्टर युवा व्यवसायी तथा समाजसेवी काउन्सिलर प्रवेश केसी,रसमोर बरो अन्तर्गत अल्डरसटका बिभिन्न काउन्सिलरहरुले संयुक्त रुपमा उद्‌घाटन गरेका थिए।

यसै गरि उद्घाटन समारोहमा एनआरएनए युके अध्यक्ष पुनम गुरुङ, उपाध्यक्ष प्रेम गाह मगर, महासचिव फडिन्द्र भट्टराई ,एनआरएन इङग्ल्यान्ड राज्य समन्वय परिषद्का अध्यक्ष दीपक श्रेष्ठ, ग्रेटर रसमोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष जीव बेल्वासे, तमुधिं यूकेअध्यक्ष नन्दजंग गुरुङ लगायत स्थानीय नेपाली संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति  थियो ।

सुपरमार्केट नेपाली, चाइनिज, कोरियन, जापानिज, थाइल्याण्ड, मेलेसियन, इन्डोनेसियन, इन्डियन लगायत साउथ एशियनसँग सम्बन्धित सामानहरु थोक तथा खुद्रामा बिक्री गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको लगानीकर्ता मध्येका एक कमल गुरुङले जानकारी दिए।

त्यस्तै विभिन्न मासुका परिकार तथा नेपाली सामान सामानहरूसमेत राखिएको गुरुङले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *