भ्रमण वर्षको प्रचारमा भिजिट नेपालको लोगो राखेर उड्न थाले वायुसेवा निगमका जहाज

डिसी नेपाल
१३ मंसिर २०७६ १५:२७

काठमाडौँ । नेपाल वायुसेवा निगमले जहाजमा राष्ट्रिय झन्डासहित भिजिट नेपाल २०२० को लागो राखेर उडान भर्न थालेको छ ।

निगमले नेपाल सरकारद्वारा घोषित नेपाल भ्रमणलाई सफल तथा रणनीतिक कार्य योजनालाई थप परिष्कृत एवम् परिणाममुखी बनाउन यस्तो निर्णय गरेको जनाएको छ ।

केहीदिन अघि निगमका कार्यकारी अध्यक्ष मदन खरेलको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले निगमका सम्पूर्ण विमानहरू र निगमको स्वामित्वमा रहेका सबै सवारी साधनमा नेपाल भ्रमण वर्ष २०२० को लोगोहरु टाँस्ने निर्णय गरेको थियो।

नेपाल भ्रमण वर्ष २०२० मा नेपाललाई पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन निगमले विज्ञ सहितको डिजिटल मिडिया एवम् कन्टेन्ट बनाई पर्यटक आकर्षित गर्ने कार्यनीति तयार गरेकोसमेत जानकारी गराएको छ ।

भ्रमण वर्षलाई लक्षित गरेर थप कार्यक्रमहरू बनाउन ५ जना निर्देशक सम्मिलित समिति गठन गरेको छ भने मिडिया/पर्यटक सहजिकरणका लागि एक उपसमिति निर्माण गरेको पनि निगमले जानकारी दिएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *