बलात्कारपछि १३ वर्षीया बालिका हत्यारालाई हदैसम्मको कारबाही गर्न कांग्रेस महिला सांसदको माग

डिसी नेपाल
१३ साउन २०७५ ३:३४

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसदले शुक्रबार कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारालाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्।

शनिबार एक विज्ञप्ति जारी गरी कांग्रेस महिला सांसदहरुले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ की १३ वर्षीया नाबालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरिएको भन्दै घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न माग गरेका छन्।

उक्त घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै कांग्रेसका महिला सांसदले संसदमा समेत आवाज उठाउने जनाए।
एक वर्षभित्र कञ्चनपुर जिल्लामा १७ वटा बालात्कारका घटनाहरु घटेको बताउँदै जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिलेदेखि नै यस्ता घट्नाहरु यस जिल्लामा श्रृखंलाबद्ध रुपमा घटी एक वर्षभित्रमा १७ जना बलात्कृत भएका छन् भने यही असारदेखि साउन ११ गतेसम्म ४ जना बालिका बलात्कृत भएका छन्।

तीमध्ये ३ जनाको हत्या र १ जना जिवित छन्। प्रहरी प्रशासन मुकदर्शक भएर घटनालाई आलटाल पार्न खोज्नु सरकारको गैरजिम्मेवारीपूर्ण हो, सरकारको यो रवैया अमानवीय पाशविक, यातनालाई प्रशय दिएको भान नै हो।’

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद डा. डिला संग्रौला, सांसदहरु लक्ष्मी परियार, महेन्द्र कुमारी लिम्बु, रंगमती शाही, ज्ञान कुमारी छन्त्याल, नमिता कुमारी चौधरी, विमला नेपाली र मिना सुब्बाले उक्त घट्नाको चर्को बिरोध गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *