डा. केसीको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्री यादवको निर्देशन

डिसी नेपाल
२१ असार २०७५ १०:५१

काठमाडाैँ। उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले जुम्लामा अनशनरत डा. गोबिन्द केसीको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिएका छन्। डा. केसीको उपचारका लागि स्वास्थ्य मन्त्री यादवको निर्देशनमा काठमाौंबाट डा. जीवन थापा र डा. सुभाष सुवेदीको टोली बिहीबार बिहान जुम्लाका लागि हिंडिसकेको छ।

डा. थापा र सुवेदीद्वयको टोलीले नेपालगन्जस्थित भेरी अंचल अस्पतालबाट थप चिकित्सकको टेली लिएर आजै जुम्ला पुग्ने स्वास्थ्य मन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए।

चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुलाई तत्काल काममा फर्किन र विरामीहरुको सेवामा खटिन पनि स्वास्थ्य मन्त्री यादवले निर्देशन दिएका छन्

चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुलाई तत्काल काममा फर्किन र विरामीहरुको सेवामा खटिन पनि स्वास्थ्य मन्त्री यादवले निर्देशन दिएका छन्। उपचार पाउने नैशर्गिक अधिकारबाट जनतालाई बञ्चित नगर्न  आग्रह गर्दै स्वास्थ्य मन्त्री यादवले अत्यावश्यक सेवा बन्द गरी आन्दोलन जारी राखेमा कानुन अनुसार कारबाही गरिने चेतावनी पनि दिएका छन्।

स्वास्थ्यमन्त्री यादवले चिकित्सा क्षेत्र सुधारको विषय स्वास्थ्य मन्त्रालयसँग मात्र नजोडिएको भन्दै शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग निरन्तर छलफल भइरहेको र चाँडै नै सरकारले उपयुक्त निर्णय लिने पनि बताएको स्वकीय सचिव चौरसियाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *