सरकार द्वन्द्वकालमा लुटिएका जग्गा पास गराउने रणनीतिमा छ : नेता पौडेल

डिसी नेपाल
१७ साउन २०७५ ०:०५

दमौली, तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सशस्त्र द्वन्द्वकालमा लुटिएका जग्गा पास गराउने रणनीतिमा लागेको आरोप लगाएका छन्।

तनहुँको व्यास नपा–१४ स्थित फिन नयाँ गाउँ खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बुधबार उनले माओवादी द्वन्द्वकालमा लुटेका जग्गा पास गराउने खेलमा वर्तमान सरकार लागेको बताए।

वर्तमान सरकारले एकपछि अर्को अराजनीतिक परिस्थितिहरु सिर्जना गर्दै गएको भन्दै उनले सरकारको बल मिचाइ प्रतिपक्ष काँग्रेसलाई मान्य नहुने बताए।

सो खानेपानी योजना रु १५ लाखको लागतमा सम्पन्न भएको हो । बुधबार नै काँग्रेस वरिष्ठ नेता पौडेलले तनहुँको भादगाउँ, पोखरी भञ्ज्याङलगायतका ठाउँमा कार्यकर्ता भेटघाट गरेबा थिए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *