नेताहरुमा दूरदर्शीताको अभावका कारण देशले आर्थिक रुपान्तरण गर्न सक्दैन – डा. भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिज्ञमा दूरदर्शीताको अभावका कारण देशमा आर्थिक रुपान्तरण गर्न नसकिएको बताएका छन् ।
लेखक दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोह’माथिको छलफलमा उन्ले वैदेशिक नीतिमा वामपन्थी शक्ति र अन्य दल एकताबद्ध नभएकाले देशको कूटनीतिक दृष्टिकोण कमजोर भएको वैदेशिक हस्तक्षेपको नकारात्मक प्रभाव बढ्दै गएको विचार व्यक्त गरे ।
नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले देशमा निरंकुशताविरुद्ध सुवेदीको समूहले विमान अपहरण गरेको स्मरण गर्दै समाजवादको उन्नतस्वरुप लोकतन्त्र भएकाले त्यसलाई संरक्षण र संस्थागत गर्नुपर्नेमा जोड दिए।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले तत्कालीन समयको राजनीतिक घटनाक्रमलाई समेटेर ल्याइएको पुस्तक नयाँ पुस्ताका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले उक्त पुस्तकले जनतालाई स्वतन्त्र बनाउन तथा मुलुकलाई विकास गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment