सन्दीप बिनाको नेपाली क्रिकेट टोली आज श्रीलंका उड्दै
काठमाडौं ।नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने बिनाको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो अभ्यास खेलका लागि श्रीलंका उड्दैछ।
मलेसियामा अगष्ट अन्तिममा हुने एसिया कप छनौटको अभ्यास खेलका लागि नेपाली राष्ट्रिय टोली श्रीलंका जान लागेको हो।
श्रीलंकामा नेपालले तीनवटा अभ्यास खेल खेल्दैछ। पहिलो अभ्यास खेल अगष्ट २२ मा स्थानिय आर्मी क्लब, दोस्रो अगष्ट २४ मा ब्रुलुमफिल्ड र तेस्रो अगट २६ मा कोट्ससँग नेपालको खेल छ।
तर, सन्दीप भने यी तीनवटै खेलमा सहभागी हुने छैनन्। हाल वेस्ट इण्डिजमा रहेका सन्दीप अगष्ट २८ तारिखकै दिन सोझै मलेसिया आउने कार्यतालिका रहेको नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।
अभ्यास खेलसँगै एसिया कपका लागि गत शनिबार सन्दीप सहितको नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको थियो।
वेस्टइण्डिजको घरेलु क्रिकेट प्रतियोगिता क्यारेबियन प्रिमियर लिग९सीपीएल० खेलिरहेका सन्दीप भने श्रीलंकामा हुने तीनवटा अभ्यास खेलमा नेपाली टोलीसँग नहुने भएका छन्।
सन्दीपले सीपीएलको तीन खेलमा ५ विकेट लिइसकेका छन्। यसअघि उनले पहिलो खेलमा गुयना अमेजोन वारियर्स्िवरुद्ध ४ ओभरमा १२ रनमात्रै खर्चेर दुई तथा दोस्रो खेलमा तिर्नबागो नाइट राइडर्स्िवरुद्ध ३ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर १ विकेट लिएका थिए भने तेस्रो खेलमा जमाइका तल्लावाजविरुद्ध ४ ओभरको स्पेलमा २१ रन खर्चेर २ विकेट लिए।
अगस्ट २८ देखि मलेसियामा सुरु हुने एसियाकप छनोट प्रतियोगितामा नेपालसहित मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईबीच सामना हुनेछ। नेपालले शीर्ष स्थान हासिल गरे भारत र पाकिस्तानको सिनियर टोलीसँग खेल्न पाउनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment