कांग्रेस बैठक सानेपामा सुरु, यी विषयमा हुँदैछ छलफल

डिसी नेपाल
८ भदौ २०७५ ५:५१

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरु भएको छ।

शुक्रबार बिहान ११ बजे शुरु भएको बैठकमा महासमिति वैठकको तयारीका सन्र्दभमा केन्द्रित भएर छलफल हुने सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यस्तै लेखा, आर्थिक, अनुशासन लगायत समितिले गठनबारे छलफल बताइएको छ।

सरकारले पछिल्लो ६ महिनामा गरेका कामकारबाही, भदौ १ गतेबाट लागू भएको नयाँ मुलुकी संहिताबारे पनि बैठकमा छलफल हुने कांग्रेस नेताहरुले जनाएका छन्।

भदौ अन्तिमसम्म महासमिति कांग्रेसको महासमितिको बैठक बस्ने तयारी छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *