सर्वोच्चको शक्ति : के प्रधानमन्त्री ओली र गृहमन्त्रीलाई थापालाई कारबाही होला ?

डिसी नेपाल
१ असोज २०७५ १५:५०

काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मालाई पटक पटक रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

तर, अदालत परिसर बाटै प्रकाण्ड पटकपटक पक्राउ पर्दै आएका छन्। पछिल्लो समय सरकारलाई चेतावनी दिदैँ सर्वोच्चले अवेहलना मुद्धामा कारबाही गर्न नपरोस् भन्दै सरकारको गम्भिर ध्यानाकर्षण समेत गराएको छ ।

तर, उक्त आदेश लगत्तै फेरि प्रकाण्ड पक्राउ परेका हुन् । फेरि प्रकाण्डका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ।

प्रकाण्डलाई रिहाई गर्न सर्वोच्चले पटकपटक आदेश दिँदा पनि पुनः गिरफ्तार गरेको भन्दै अदालतमा अपहेलना मुद्दा परेको हो । दायर रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी वृत्त सिंहदरबार र डीएसपी काजीकुमार आचार्य, महानगरीय प्रहरी परिसर टेकु, उदयपुर जिल्ला अदालत, उदयपुर प्रहरी कार्यालय र प्रहरी प्रमुखलाई विपक्षी बनाइएको छ ।

रिटमा बिकले सर्वोच्च अदालतबाट भएको आदेशलाई जानाजान अवज्ञा गर्दै नेपालको संविधानको धारा १२८ को ४ उल्लङ्घन गर्दै २०७५ भदौ २९ गते चौथोपटक सर्वोच्च अदालत हाताबाटै गिरफ्तार गरेको भन्दै बिकले अदालतको आदेशको समेत अवहेलना गरेको जिकिर गरेका छन् प्रकाण्डको रिहाईको लागि सर्वोच्चमा आइतबार दायर गरिएको रिट पाँचौं पटक हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *