भोलि देशैभरि प्रर्दशन, बेलुका ‘ब्ल्याक-आउट’ निकालेर कालो दिवस मनाउने रापजाको तयारी

डिसी नेपाल
२ असोज २०७५ १३:५५

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा बनाइरहने बताएका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले संविधान दिवसका दिन देशैभरि विभिन्न जिल्लामा प्रर्दशन गर्ने र बेलुका केही समय ‘ब्ल्याक-आउट’ गर्ने जानकारी दिए।

संविधान जारी हुँदासम्म सयौं जनताले सहादत प्राप्त गरेको र अहिलेपनि सयौंको संख्यामा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु घाईते, अपांग भएर अस्पतालमा बस्न बाध्य भएको भन्दै उनले अहिलेपनि सयौं जनामाथि सरकारले झुठो मुद्दा चलाएको बताए ।

नेता कर्णले सरकारले अहिलेसम्मपनि संविधान संशोधनको लागि कुनै तयारी नै नगरेको गुनासो पोखे । फरक प्रसँगमा उनले आफ्नो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे दशैं तिहारपछिमात्रै ठोस निर्णय लिने जनाए।

साक्षात्कारमा कांग्रेसका नेता रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापहरुबाट जनता निराश बनेको बताए। उनले संविधानले राजनीतिक, समाजिक, साँस्कृतिक रुपमा परिवर्तनकारी भूमिका खेल्न सफल भएको तर्क गरे।

त्यस्तै नेकपाका सांसद कानुनमन्त्री शेरबहादुर तामाङले संविधानमा भएका त्रुटीहरु सच्याउनको लागि आफूहरु तयार रहेको स्पष्ट पारे। नेता तामाङले अहिले संविधान संशोधन गर्ने बुँदाहरु कम भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *