नेपाली कांग्रेसद्धारा संविधान दिवस बहिस्कार

डिसी नेपाल
३ असोज २०७५ १५:५७

कालिकोट । कालिकोट जिल्ला समन्वय समिति र खाडाचक्र नगरपालिकाको संयुक्त आयोजनामा मनाईएको संविधान दिवस कार्यक्रम नेपाली कांग्रेस र राप्रपा लगाएतका साना दलले बहिस्कार गरेका छन्।

बुधबार जिल्ला सदरमुकाम खाँडाचक्र स्थित जिरो प्वाइन्टवाट बाजागाजा सहित भएको नागरिकि र्यालीपछि खुला मञ्चमा आयोजित सभामा दलहरुको मर्यादाक्रम कर्मचारीको भन्दा पनि तल राखेको भन्दै कांग्रेस लगाएका विपक्षी दलहरुले कार्यक्रम बहिस्कार गरेका हुन्।

कार्यक्रममा संविधानसभा सदस्य तुलाराज विष्ट र जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीकाबीच प्रमूख अतिथिका विषयलाई लिएर विवाद भएको थियो ।

त्यस लगत्तै मच्चमा गएर नेपाली कांग्रेस कालिकोटका सभापति हर्शवहादुर बम आएर कार्यक्रममा दलहरुको अपमान गरिएको भन्दै नेकपा बाहेकका दलहरुका नेता कार्यकर्ता मञ्चमै आएर हो हल्ला गरेका थिए। आक्रोशित भएका नेता कार्यकर्ताहरुले नरहरीनाथ चोकमा आएर बिरोधसभा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *