विधिपूर्वक राष्ट्रपति निवासमा घटस्थापना

डिसी नेपाल
२४ असोज २०७५ १६:१८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विधिपूर्वक राष्ट्रपति निवासमा घटस्थापना गरेकी छिन्।

पञ्चाङ्ग निर्णायक समितिले जुराएको शुभसाइतमै राष्ट्रपतिको उपस्थितिमा जमरा राखिएको राष्ट्रपतिको स्वकीय सहसचिव एवं राष्ट्रपति कार्यालयका पण्डित हेमचन्द्र ढकालले जानकारी दिए।

यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा आजै राष्ट्रपति कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीबीच बडादसैँको शुभकामना आदानप्रदान भएको थियो।

यसैबीच, राष्ट्रपति भण्डारीले यसपटक पनि विजया दशमीका दिन राष्ट्रपति कार्यालयमा पाल्ने माहानुभावलाई टीका तथा जमरा प्रदान गर्ने छिन्। विजया दशमीका दिन शुभसाइतमा परिवारजनका साथ टीका, जमरा तथा आर्शिवाद ग्रहणपछि उहाँले राष्ट्रपति कार्यालयमा पाल्ने महानुभावलाई टीका तथा जमरा प्रदान गर्ने पण्डित ढकालले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *