निर्मला हत्या प्रकरण बारे अपराध विज्ञसँग छलफल

डिसी नेपाल
२४ असोज २०७५ १६:२७

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका सन्दर्भमा अपराध अनुसन्धानका विज्ञसँग आज छलफल गरेको छ।

आयोगले नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रबहादुर सिंह र विज्ञानराज शर्मा, पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेल र बमबहादुर भण्डारी, पूर्वनायब महान्यायाधिवक्ता नरेन्दप्रसाद पाठक, सूर्यप्रसाद कोइराला र ठोकप्रसाद शिवाकोटीसँग छलफल गरेको हो।

छलफलमा घटनास्थलको सुरक्षा, सूचना तथा प्रमाणको सङ्कलन प्रक्रिया, वैज्ञानिक परीक्षण विधि, प्रक्रियालगायत हालसम्म भएका अनुसन्धानबाट प्राप्त तथ्यहरुको सम्बन्धमा छलफल भएको थियो।

घटनामा नेपाल प्रहरीबाट गरिएको प्रारम्भिक अनुसन्धान, सरकारी टोलीहरुबाट गरिएका अनुसन्धान तथा अनुसन्धान सिलसिलेवार प्रक्रियाबाट काम अघि बढिरहेका बारेमा अपराध अनुसन्धान विज्ञले जानकारी गराए।

आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले पन्तको हत्यामा संलग्नको पत्ता लगाउने विषयमा भइरहेको अनुसन्धान प्रक्रियाबारे जिज्ञासा राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *