चेल्सीका प्रशिक्षक मार्को लानीमाथि कारबाही

डिसी नेपाल
१४ कार्तिक २०७५ ६:४७

एजेन्सी । चेल्सी प्रशिक्षक मार्को लानीलाई ६ हजार पाउण्ड जरिवाना गरिएको छ । फुटबल एसोसियसनले प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेडविरुद्वको खेलमा भएको घटनालाई लिएर चेल्सी प्रशिक्षकमाथि कारबाही गरेको हो ।

स्टामफोर्डब्रिजमा भएको खेलमा अन्तिम समयमा चेल्सीले बराबरी गोल फर्काएपछि प्रशिक्षक लानी म्यान युको बेन्च अगाडी गरेर गोलको खुसीयाली मनाएका थिए ।

फुटबल एसोसियसनले प्रशिक्षक लानीले गरेको अनुचित आचरणको शुल्क लिईएको बताएका छ । एफ एले माउरिन्होको व्यवहारलाई लिएर कुनै कारबाही गरेको छैन तर औपचारिक रुपमा उनलाई जिम्मेवारीको बिषयमा सचेत गराएका छ ।

पोर्चुगिज प्रशिक्षक माउरिन्होले म्याचपछि घटनाको बिषयमा लानीले माफी मागेको बताएका थिए । घटना गत अक्टोबर २० मा स्टामफोर्डब्रिजमा भएको थियो ।

सो खेलमा चेल्सीका रोस बार्कलीले खेलको अन्तिम मिनेटमा गोल गर्दै क्लबको हार टारेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *